दफा ३८
प्रारम्भिक जाँचबुझ गर्ने
(१) उजुरी परेको कार्यालयको प्रमुखले आफ्नो कार्यालयमा दर्ता भएको उजुरी, सूचना वा जानकारीको सम्बन्धमा देहाय बमोजिम प्रारम्भिक जाँचबुझ गर्नु वा गराउनु पर्नेछ:-

(क) ऐनको दफा १३ को खण्ड (क) वा (ख) बमोजिमको उजुरीको सम्बन्धमा सम्बद्ध कसूरको अनुसन्धान गर्ने अधिकारीलाई नै ऐनको दफा १४ को उपदफा (२) बमोजिम सम्बद्ध कसूरको अनुसन्धानसँगै प्रारम्भिक जाँचबुझ गर्न खटाउने,

(ख) ऐनको दफा १३ को खण्ड (ग) बमोजिमको उजुरी भएमा विभागको प्रमुख आफैँले प्रारम्भिक जाँचबुझ गर्ने वा विभागको कुनै अधिकृतलाई ऐनको दफा १४ को उपदफा

(२) बमोजिम प्रारम्भिक जाँचबुझ गर्न खटाउने,

(ग) ऐनको दफा १० बमोजिम बित्तीय जानकारी इकाईबाट प्राप्त विश्लेषणको निष्कर्ष सहितको सूचना वा जानकारीको सम्बन्धमा कुनै सम्बद्ध कसूरको उजुरी परेको वा अनुसन्धानको क्रममा रहेको भएमा त्यस्तो कसूरको अनुसन्धान : गर्ने अधिकारीबाटै र त्यस्तो उजुरी नपरेको अवस्थामा त्यस्तो सूचना वा जानकारीको - सम्बन्धमा सम्बद्ध कसूर भए वा नभए समेतको जाँचबुझ ऐनको दफा १४ बमोजिम कार्यालय प्रमुख आफैंले गर्ने वा मातहतको अधिकृतलाई खटाउने ।

(२) उपनियम .(१) बमोजिम प्रारम्भिक जाँचबुझको लागि अधिकृत खटाउँदा साथमा रहने सहयोगी कर्मचारी समेत तोक्नु पर्ने भए तोकी बढीमा पन्ध्र दिनको अवधि दिई कार्यालय प्रमुखले अनुसूची-३_ बमोजिमको ढाँचामा प्रारम्भिक जाँचबुझको लागि खटाएको .पत्र दिनु पर्नेछ।

(३) उपनियम (१) बमोजिमको अवधिभित्र प्रारम्भिक जाँचबुझ सम्पन्न हुन नसकेमा जाँचबुझको लागि खटाइएको अधिकृतले सोको कारण र भए गरेको जाँचबुझको प्रगति समेत खुलाई अवधि थप गर्न उजुरी परेको कार्यालयको प्रमुख समक्ष प्रतिवेदन पेस गर्नु पर्नेछ र कार्यालयको प्रमुखले सम्बद्ध कसूर भएकोमा सो कसूरमा मुद्दा दायर गर्नु पर्ने हदम्याद समेतलाई विचार गरी एकै पटक वा पटक पटक गरी तीस दिनसम्मको अवधि थप गर्न सक्नेछ।

(४) प्रारम्भिक जाँचबुझको लागि खटिएको अधिकृतले आफूलाई तोकिएको मुद्वाको प्रारम्भिक जाँचबुझको प्रगतिको विवरण साप्ताहिक रूपमा उजुरी परेको कार्यालयको प्रमुख समक्ष पेस गर्नु पर्नेछ।

(५) प्रारम्भिक जाँचबुझको लागि खटिएको अधिकृतले निजलाई तोकिएको काम कुनै कारणले सम्पन्न गर्न नसकेमा वा निजबाट त्यस्तो काम गराउन उपयुक्त:छैन भन्ने मनासिब आधार र कारण भएमा सो व्यहोरा खुलाई उजुरी परेको कार्यालयको प्रमुखले निजको सट्टा अर्का अधिकृतलाई खटाउन सक्नेछ।

(६) ऐनको दफा १४ र यस नियम बमोजिम प्रारम्भिक जाँचबुझको लागि खटिएको / अधिकृतले प्रारम्भिक जाँचबुझ गर्दा प्राप्त सूचना तथा प्रमाणका आधारमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न उपयुक्त हुने वा नहुने सम्बन्धमा आधार, कारण र देहायका विवरण खुलाई राय सहितको प्रतिवेदन उजुरी परेको कार्यालयको प्रमुखलाई दिनु पर्नेछ:-

(क) कसूरको पहिचान,

(ख) सम्बद्ध कसूरको प्रकार र प्रकृतिको पहिचान,

(ग) सम्पत्ति शुद्धीकरणको कसूरको पहिचान,

(घ) कसूरमा संलग्न पक्ष,

(ङ) कसूरमा अन्तरदेशीय तत्त्व रहे वा नरहेको विषय,

(च) जोखिमको आधारमा सम्बद्ध कसूर वा सम्पत्ति शुद्धीकरणको कसूर वा दुवै कसूरमा अनुसन्धान गर्नु पर्ने वा नपर्ने विषय,

(छ) अन्य आवश्यक विषय।

(७) उपनियम (६) बमोजिम प्राप्त प्रारम्भिक जाँचबुझको प्रतिवेदनबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न उपयुक्त नहुने राय प्राप्त भएमा र त्यस्तो रायमा कार्यालय प्रमुख सहमत भएमा सोही व्यहोराको राय सहित एक तह माथिको अधिकृतबाट निर्णय गराई त्यस्तो उजुरीलाई तामेलीमा राख्न सकिनेछ।

तर प्रचलित कानून बमोजिम सम्बद्ध कसूरमा अनुसन्धान गर्न अधिकारप्राप्त संवैधानिक निकाय वा विभाग वा राजपत्राड्रित प्रथम श्रेणीको अधिकृत प्रमुख भएको कार्यालयको हकमा त्यस्तो निकाय वा विभाग वा कार्यालयको प्रमुख आफैँले निर्णय गर्न बाधा पर्ने छैन।

(८) उपनियम (७) बमोजिम प्राप्त प्रारम्भिक जाँचबुझ प्रतिवेदनबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्नु पर्ने भएमा: त्यसको अनुसन्धान सुरु गरी सोको जानकारी ऐनको दफा १५ को उपदफा (१) बमोजिम विभागलाई दिनु पर्नेछ।